News Portal

  • नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    १९१३ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय चयन भएका छन् ।
    त्यस्तै उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी भएका छन् भने सदस्यहरुमा क्रमशः लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार दे, सनराइज बैंकका सुमन शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।
    निवर्तमान अध्यक्ष भुवन दाहालको कार्यकाल सकिएसँगै उपाध्यायले नेतृत्व पाएका हुन् । संघका पूर्व अध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना सल्लाहकारको रुपमा रहने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्