News Portal

  • मुक्तिनाथ क्यापिटलको एसजिएम सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ९९४ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गरी पारित गरेको छ ।
    साथै सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ५ र ८ को उपदफा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्