News Portal

  • प्राइम लाइफ इन्स्योरेन्सको मंसिर ९ गते बुक क्लोज

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ५४८ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
    इन्स्योरेन्सको चौधौं वार्षिक साधारणसभा आगामी मंसिर १९ गते हुँदैछ । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र एक करोड ९० लाख रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।
    यससँगै मंसिर ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्