News Portal

  • राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्झौता

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    १०७८ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमासम्बन्धी सम्झौता भएको छ ।
    सम्झौताअनुसार राष्ट्रिय बीमा संस्थानले पाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने बीमा सेवा प्रदान गर्ने छ ।
    नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा सम्पन्न उक्त सम्झौतापत्रमा नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारी र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका थिए ।
    उक्त बीमा सेवाले सेनालाई सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गरेर राहत पुर्याउने बीमा संस्थानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्