News Portal

  • सनराइज बैंकद्वारा ७ प्रतिशत लाभांश दिने घोषणा

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ९०६ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो ।
    बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तो लाभांशमा ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश छ । बैंकको अहिले ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी छ ।
    बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्