News Portal

  • प्रभु बैंकले बढायो गत आर्थिक वर्षको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ४४५ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्