News Portal

  • बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजमा ३५ सयसम्म छुट

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ८६१ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूको ग्राहकहरुले दराजको ११.११ योजनामा छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० सम्मको छुट पाउनेभएका हुन् ।
    यस योजनाअन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३५०० सम्मको छुटको पाउन सक्नेछन् ।
    बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्