News Portal

  • प्राइम कमर्शिलय बैंकले १६ प्रतिशत बोनस सेयर दिने घोषणा

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ८४० पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
    कार्तिक २२ गते बसेको सञ्चालक समितिको बैंठकले १६ का दरले बोनस सेयर र ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नगद लाभांश अघिल्ला वर्षका लाभांशमा कर तिर्नुपर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
    प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिने हुनेछ ।

    प्रतिकृया दिनुहोस्