News Portal

  • कालिका लघुवित्तले खुद नाफा ४ करोड ८० लाख रुपैयाँ कमायो

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०७८
    १०७२ पटक
    १९ कार्तिक, २०७८

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
    प्रकाशित विवरणअनुसार संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा भने ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो । गत आर्थिक वर्षको सोही हवधिको तुलनामा कम्पनीको नाफा बढी हो ।
    चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २० दशमलव १९ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ३० दशमलव ९२ प्रतिशतले बढेको छ । यस अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ भने जगेडा कोषमा ३० दशमलव ७८ प्रतिशतले बढेको छ । उक्त गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले २५ दशमलव ६० प्रतिशतले सापटी बढाएको छ भने निक्षेप १८ दशमलव शून्य ९ प्रतिशत र कर्जा पनि ३९ दशमलव ८६ प्रतिशतले बढाएको छ ।
    यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव ५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्