
काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्रवण लाल मास्के नियुक्त गरेको छ । बैंकको कार्तिक १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई सिइओमा नियुक्त गरेको हो ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्के विगत ३ महिना अघिदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गर्दै आएका थिए ।
सन् १९८५ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढीको बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डूलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने बताएका छन् ।
बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।