News Portal

  • स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्मको क्यासव्याक

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७८
    ६१५ पटक
    १७ कार्तिक, २०७८

    काठमाडौं । एससीटीद्वारा सञ्चालित स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्म क्यासव्याकको व्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स्जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाउन सक्नुहुनेछ ।
    यो अफर दीपावलीको सुखद् अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आईएमई पे, प्रभु पे, क्यु पे IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन् ।
    नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास कम्पनीको रहेको छ ।

    प्रतिकृया दिनुहोस्