News Portal

  • मेगा बैंकका ग्राहकलाई आँखाको उपचारमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७८
    १२४३ पटक
    १७ कार्तिक, २०७८

    काठमाडौ । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ ।
    मेगा बैंक नेपाल र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।
    सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परीक्षण र ल्यावमा ५÷५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् ।
    मेगा बैंकका ग्राहकहरुलाई यसअघिदेखि नै काठमाडौंलगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्