News Portal

  • सुदर्शन गिरीको ‘अभिकर्ता मार्गदर्शन’ पुस्तक लोकार्पण

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    ८८८ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । करिब आधा दर्जन विश्वविद्यालय स्तरका पुस्तक लेखेर शैक्षिक क्षेत्रमा नाम कमाईसकेका एलआईसी नेपालका वर्तमान कम्पनी सचिव एवं सूचना अधिकृत सुदर्शन गिरीले बीमा क्षेत्रमा एउटा छुट्टै ‘अभिकर्ता मार्गदर्शन’ नामक पुस्तक प्रकाशन गरेका छन् । बीमाको विषयवस्तुहरुलाई सरल भाषामा समेटेर एलआइसी नेपाल नेपाल मातहत तयार गरिएको उक्त पुस्तकको लोकार्पण गत सोमबार एलआइसी नेपालको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा एक कार्यक्रमकाबीच कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब कार्यकारी अधिकृत टी वर्णवाल र सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले संयुक्त रुपमा गरे ।


    लोकार्पण कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक लक्ष्मीप्रसाद दासले नेपालमा आपूmले कार्यभार सम्हालेदेखि नै अभिकर्तामैत्री अध्ययन सामग्रीको अभाव महसुस गरेको र एउटा नेपाली भाषामा बीमासम्बन्धी सरल पुस्तक छपाउन देखेको सपना आज पुरा भएको बताए । सो कार्यक्रममा बोल्दै उनले बीमा अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड भएका, बीमा उत्पादनहरूलाई बजारमा पुर्याउन, ग्राहकहरूलाई बीमाको महत्वबारे प्रकाश पार्न र बीमा व्यवसायको दायरालाई फराकिलो बनाउने बीमा अभिकर्ताको भूमिकालाई यस पुस्तक सहयोगी बन्न सक्ने विश्वास लिएको बताए । त्यसैगरी नायब कार्यकारी अधिकृत वर्णवालले यस पुस्तकबाट बीमा कम्पनी, बीमित, बीमा अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी, विद्यार्थी र बीमासँग सरोकार राख्ने सबै व्यक्तिहरू लाभान्वित हुने अपेक्षा गरेको भन्ने आफ्नो भनाई राखेका थिए ।
    प्रस्तुत पुस्तकले बीमाको आधारभूत ज्ञानसम्बन्धी परिचय दिँदै, सम्भावित ग्राहक खोजी गर्ने, ग्राहकहरूसँग कसरी संवाद गर्ने, दावी भुक्तानीसम्बन्धी वर्तमान व्यवस्था, बीमितको हितका कानूनी प्रवाधानहरू, बीमाअभिकर्ताको आचारसंहितालगायत एलआइसी नेपालका बीमा उत्पादनहरूलाई सरल रुपमा समेटेको छ ।

     

    प्रतिकृया दिनुहोस्