News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    १२१९ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
    साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/०७८ को वित्तीय विवरण पारित गरी १७औं वार्षिक साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ । बैंकले मुलुकभर रहेको १०१ शाखा कार्यालयहरु र ३१ एटिएममार्फत सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्