काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने अवसर ल्याएको छ ।
सो योजनाअन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सो को विजेता घोषणा फेसबुक लाइभमार्फत गरिनेछ ।
अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले सो दिनको (कार्तिक १६, २०७८) लागि कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १०ः०० बजे देखि अपरान्ह ०५ ः ०० बजे सम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको समेत उल्लेख गरेको छ ।
लगानीको लागि शुभ दिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गरौं भनी आग्रह गरेको छ ।
धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई एनआईबिएल सहभागिता फण्डमा चाँदीको सिक्का उपहार
आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
१६ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन