News Portal

  • सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण शेयरको बाँडफाँड

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७८
    ११७५ पटक
    १६ कार्तिक, २०७८

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याइएको ७३०००० कित्ता शेयरमध्ये १४६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६५०० कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको ६७८९०० (छ लाख अठहत्तर हजार नौ सय) कित्ता साधारण शेयरहरुको आज मिति २०७८ कार्तिक १६ गते मंगलबार बाँडफाँड गरिएको छ ।
    कम्पनीले २०७८ कार्तिक ४ गतेदेखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयरहरु मंगलबार बाँडफाँड गरेको हो ।
    सर्वसाधारणका लागि छुट्याइएको शेयरका लागि २१८८७७८ योग्य आवेदकमध्येबाट गोलाप्रथाको माध्ययमवाटक ६७८९० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।
    कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२३०००० (बाह्र लाख तीस हजार) कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइएको ५००००० कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको १४६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको ३६५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकिएको छ
    कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।
    नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरेको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्