News Portal

  • मेगा बैंकको इपीएस करिब ६ रुपैयाँले बढ्यो

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७८
    ८६८ पटक
    १५ कार्तिक, २०७८

    काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा नाफा बढेको हो ।
    बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहलिो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उसले ९१ करोड ४६ लाख रुपैयाँ नाफा गरेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगाले ६० करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो ।
    नाफा बृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८.२१ रुपैयाँ रहेको मेगाको इपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४.२४ रुपैयाँ पुगेको छ ।
    बैंकले पहिलो त्रैमासमा गरेको व्यवसायबाट वितरणयोग्य नाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको जानकारी दिएको छ ।
    बैंकको खुद व्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३३ करोड १४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको मेगाले चालु आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
    बैंकसँग सर्वसाधारणको १ खर्ब ४२ अर्ब३२ करोड ४५ लाख रुपैयाँ निक्षेप छ भने १ खर्ब ४१ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ सर्वसाधारणलाई कर्जा प्रदान गरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.६ छ भने प्रतिसेयर नेटवर्थ  १४४.९९ रुपैयाँ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्