काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनै पनि शाखा कार्यालयबाट भुक्तानी गर्न सकिनेछ ।
यसैगरी यस बैंकका खाता सञ्चालन भएका सम्पूर्ण ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । शाइन रेसुङ्गा स्मार्ट अर्थात यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर इसेवा मनी ट्रान्सफरमार्फत नेपालभरी रहेका इसेवाका नेटवर्कमार्फत जुनसुकै ठाउँमा रेमिट्यान्स पठाउन र जुनसुकै ठाउँवाट पठाएको रकम प्राप्त गर्न सकिनेछ ।
सम्झौतामा इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइराला र शाइन रेसुङ्गा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका थिए ।
यस सम्झौता बमोजिम विदेशमा रहेका नेपालीहरुले सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खातामा पैसा पठाउन सकिनेछ र नेपालमा रहेका बैंकका ग्राहकहरुले सेवा उपभोग गर्न बैंकको मोबाइल एप डाउनलोड गरी त्यहाँ रहेको रेमिट्यान्स आइकनमा जानु पर्ने हुन्छ ।
लुम्बिनी प्रदेशको बुटवलमा प्रधान कार्यालय रहेको साइन डेभलपमेण्ट बैंकको हाल नेपालभरर कुल ८० वटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन कार्यालय तथा ७ वटा एटिएम रहेका छन् ।
ई–सेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच सम्झौता
आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
१४ कार्तिक, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर