News Portal

  • महुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    ७३२ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्तिक १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
    प्रस्तावित बोनस सेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
    हाल संस्थाको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ । २६ प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी २८ करोड २१ लाख रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्