News Portal

  • सूर्या लाइफ इन्स्योरेन्सद्वारा ५ वर्षयताकै उच्च लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    १३०२ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।
    कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ ।
    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १२.७ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।
    प्रस्तावित लाभांश पछिल्लो ५ वर्षयताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२, आर्थिक वर्ष २०७३/७४ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र आर्थिक वर्ष २०७१/७२ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्