News Portal

  • मनकामना केबलकारका कर्मचारीको प्रत्येक महिना कोभिड परीक्षण गर्नुपर्ने

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    १४५२ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।
    कोभिड–१९ नियन्त्रण सर्तकता तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोभिड–१९ परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठल जानकारी दिए । कम्पनीमा कार्यरत कर्मचारीहरु कोभिड–१९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्