News Portal

  • महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    १०२७ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ ।
    कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरिबाट व्यवसायीक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ ।
    नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकाले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामहरुको विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो । निम्न वर्गमा बीमाको पहुँच बृद्धि गर्न तथा युवा वर्गमा बीमासम्बन्धी जनचेतना बृद्धिको लागि ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँगाउँसम्म पुर्याउने निर्णयसमेत गरेको छ ।
    प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रबन्धक सिताराम धिमालले सञ्चालन गर्नुभएको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजाबाबु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गर्नुभएको नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्