News Portal

  • ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    १२६८ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । ज्योति विकास बैंकद्वारा निष्काशित रु. १.५ अर्ब बराबरको ‘९% ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ ।
    आइतबार एक कार्यक्रमकाबीच सो ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गर्नुभएको थियो ।
    यस सम्झौतापश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार सुरु हुने जानकारी प्राप्त भएको व्यहोरा अवगत गराउँदछौं ।
    बैंकले रु. एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्