News Portal

  • कामना बैंकद्वारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७७
    ६४९ पटक
    ९ भदौ, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै कोभिडबाट प्रभावित क्षेत्रमा र साना तथा मझौता उद्योग व्यवसाय कर्जा उपभोग गरिरहेका पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको जनाएको छ ।
    आफूले सेवा लिइरहेका ऋणीहरुलाई पुनरकर्जा माग निवेदन तथा आवश्यक कागजातसहित भदौ १८ गतेसम्म आवेदन दिन बैंकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्