काठमाडौं । मोबाइल बैंकिङ, डिजिटल खल्ती र क्यु आर कोडमार्फत चालू आवको दुई महिनामै १ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिना (साउन भदौं)को तथ्यांकअनुसार मोबाइल बैंकिङ एप्स, डिजिटल खल्ती र क्यू आरकोडमार्फत १ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकमको लेनदेन भएको छ । योमध्ये डिजिटल खल्ती र क्यू आरकोडमार्फत मात्र ३९ अर्ब ३९ करोड १४ लाख रुपैयाँभन्दा बढीको नगदरहित कारोबार भएको छ ।
गत आ.व. २०७७/७८ मा भएको कूल कारोबारको ३०.४० प्रतिशत रकम चालू आवको दुई महिनामै यी माध्यमबाट भएको छ । यो तथ्यांकले पछिल्लो समयमा सर्वसाधारणबीच नगदरहित कारोबार बढ्दै गएको पुष्टि गर्छ । आव २०७७।७८ भरमा मोबाइल बैंकिङ, डिजिटल खल्ती र क्यु आरकोडमार्फत कूल ६ खर्ब १३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । राष्ट्र बैंकका अनुसारमा मोबाइल वालेटमार्फत सर्वाधिक १२ करोड ४९ लाखभन्दा बढी पटक कारोबार भएको छ ।
त्यसैगरी मोबाइल बैंकिङमार्फत ११ करोड ७७ लाखभन्दा बढी पटक र क्यु आर कोडमार्फत ५५ लाख ८१ हजार पटक कारोबार भएको छ । चालू आवको दुई महिनामा ५ करोड ५५ लाख ७० हजारपटक कारोबार भएको छ । यो गत आवको कूल कारोबार संख्याको २२.३८ प्रतिशत हो । यसमा बैंकहरुले प्रदान गरेको मोबाइल बैंकिङ सेवाको साथै भुक्तानी सेवा प्रदायकहरु ईसेवा, खल्ती, आइएमइ पे, प्रभु पे, फोन पेलगायत सेवा प्रदायकले मोबाइल एप्स र क्युआर कोडमार्फत गरेको कारोबारलाई समावेश गरिएको छ ।
के हो नगद रहित कारोबार
आफ्नो खातामा भएको रकम इन्टरनेटको माध्यमबाट भुक्तानी प्राप्त गर्ने व्यक्ति वा संस्थाको खातामा हस्तान्तरण गर्ने प्रक्रियालाई डिजिटल कारोबार भनिन्छ । यसमा नगदको प्रयोग नहुने भएको हुँदा यसलाई नै नगदरहित कारोबार पनि भनिएको हो । डिजिटल भुक्तानी माध्यम जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट (इसेवा लगायत) वा क्यु आर कोड (फोन पेलगायत) मार्फत कुनै पनि वस्तु तथा सेवाको भुक्तानी गर्दा वा कसैलाई रकम लिँदादिँदा नगदै बिना कारोबार सम्भव हुन्छ ।
तपाईले खल्तीमा एक पैसा पनि नगद बोक्नु भएको छैन । तर तपाई कुनै पसल, अस्पताल, विद्यालय, सरकारी कार्यालयमा जानुभयो । र त्यहाँ तपाईले किनमेल गर्दा वा सेवा प्राप्त गर्दा रकम भुक्तानी गर्नुपर्ने भयो भने आफूसँग भएको डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप्स वा अन्य भुक्तानी सेवा प्रदायकको एप्समार्फत पनि भुक्तानी गर्न सक्नुहुन्छ । यस्तो सुविधा शहरी क्षेत्रमा पर्याप्त मात्रामा उपलब्ध छ ।
मोबाइलमार्फत दुई महिनामै १ खर्ब ८६ अर्बभन्दा बढीको कारोबार
आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०७८
१३ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन