News Portal

  • साधना लघुवित्तको साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१३ कार्तिक, २०७८
    ९१० पटक
    १३ कार्तिक, २०७८

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिकामा सम्पन्न भएको छ । उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
    साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित भएको छ ।
    त्यसैगरी संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गरेको र अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्