News Portal

  • सन्राइज क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०७८
    १०२९ पटक
    १२ कार्तिक, २०७८

    काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा कम्पनीको कार्यालयस्थित कमलपोखरी, काठमाडौंंमा आज सम्पन्न भएको छ ।
    उक्त वार्षिक साधारणसभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्यसमेत सक्रिय रुपमा सञ्चालन गर्दै आम लगानीकर्ताहरुलाई सुदृढ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
    साथै यस क्यापिटलले हाल सनराइज म्युचुअल फण्डअन्तर्गत सनराईज फस्र्ट म्युुचुअल फण्ड तथा सनराइज ब्लुचिप फण्ड योजनाहरु सञ्चालन गर्दै आईरहेकोे छ । सनराईज फस्र्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७/०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सनराइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ । यस संस्थाले आगामि वर्षहरुमा मर्चेन्ट बैकिङ्ग सम्बन्धि सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरीय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिक रुपमा अगाडि बढाउंदै लगिने छ ।

    प्रतिकृया दिनुहोस्