News Portal

  • नबिल बैंकले गजुरीका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
    ११३० पटक
    ११ कार्तिक, २०७८

    काठमाडौं । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ ।
    बैकका सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा आज आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
    उक्त साझेदारीमार्फत स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
    उक्त कार्यक्रममा बोल्दै बैंक सञ्चालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने बताए ।

    प्रतिकृया दिनुहोस्