News Portal

  • नेपाल लाइफको बीमा शुल्क ई–सेवाबाट भुक्तानी गर्दा दाहालले बाजी मारे आइफोन १२

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
    १२४६ पटक
    ११ कार्तिक, २०७८

    काठमाडौं । ई–सेवाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी गर्ने विज्ञान दाहालले आइफोन १२ पाएका छन् ।
    ई–सेवाबाट भुक्तानी गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्रमार्फत विराटनगर निवासी दाहलले आइफोन १२ पाएका हुन् । कम्पनीका नायब महाप्रबन्धक अमित केयलले दाहललाई उक्त आइफोन १२ प्रदान गरे ।
    नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्ममार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै ई–सेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने बताए ।
    आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।
    नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्