News Portal

  • एनआईसी एशियाको स्वतन्त्र सञ्चालकमा स्वार नियुक्त

    आर्थीकसंसार संवाददाता११ कार्तिक, २०७८
    ८०५ पटक
    ११ कार्तिक, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा बिजया स्वार नियुक्त भएकी छिन् । कार्तिक १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
    नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छिन् । यससँगै नवनियुक्त सञ्चालक स्वारले नियुक्त भएको दिनदेखि नै आफ्नो कार्यभार सम्हालेकी छिन् ।
    स्वारले नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्षभन्दा बढी अवधिको कार्यअनुभव सँगालेकी छिन् । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरेकी हुन् । उनले सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश पाएकी हुन् ।

    प्रतिकृया दिनुहोस्