News Portal

  • माछापुच्छ्रे कृति क्यापिटलको लाभांश पारित

    सञ्चालकमा दिपप्रकाश पाण्डे निर्वाचित

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०७८
    १०१५ पटक
    १० कार्तिक, २०७८

    काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलको प्रस्तावित १३.४ प्रतिशत लाभांश पारित भएको छ । कार्तिक १० गते सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै, संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको ६.४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।
    त्यस्तै, सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दिपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यसैगरी, सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, आ.व. २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरु, आव २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती गरेको छ । यससँगै संस्थाको पुँजी बृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउनेलगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनहरुको प्रस्तावहरु पनि पारित गरेको छ ।
    हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायतका सेवा प्रवाह गर्दै आएको छ । र, कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, भेन्चर फण्ड, प्राइभेट इक्वीटीलगायतका थप सेवासहित बजारमा आउने योजना रहेको बताएको छ । साथै, कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने पनि कम्पनीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्