News Portal

  • राष्ट्रिय बीमा संस्थानका बीमितले ई–सेवाबाट बीमा शुल्क भुक्तानी गर्न पाउने

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०७८
    ९०३ पटक
    १० कार्तिक, २०७८

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमा शुल्क भुक्तानीलाई सहज बनाउन आज ई–सेवासँग सम्झौता गरेको छ । सझौतामा संस्थानबाट प्रशासक कवि पाठक र ई–सेवाबाट चिफ रणनीतिक अफिसर रोशन लामिछानले हस्ताक्षर गरेका छन् ।
    यस सझौतासँगै अब बीमितहरुले ई–सेवाको मोबाइल एप्लिकेसनमार्फत सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । बीमा शुल्क भुक्तानीका लागि अबदेखि बीमितहरु कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको संस्थानले जनाएको छ ।
    संस्थाले यसभन्दा अगाडि कनेक्ट आइपिएससँग पनि भुक्तानीका लागि सम्झौता गरेको थियो । गत साउन एक गतेदेखि डिजिटल सेवालाई आत्मसाथ गरेको संस्थानले धेरैभन्दा धेरै विद्युतीय भुक्तानीका सेवा प्रदायकहरुसँग सझौता गर्दै जाने योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस्