News Portal

  • कुमारी बैंकको ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थिकसंसार संवाददाता९ भदौ, २०७७
    ७५७ पटक
    ९ भदौ, २०७७

    काठमाडौं । कुमारी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको कुरा बैंकद्वारा जारी गरिएको एक सूचनामा भनिएको छ । बैंकद्वारा नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको जनाएको छ ।
    बैंकले आपूmले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजातसहित भदौ २६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । उक्त अवधिमा आवेदन नदिए पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुनेसमेत बैंकले जारी गरिएको सूचनामा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्