News Portal

  • कुमारी बैंकले दुई लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०७८
    ९४४ पटक
    १० कार्तिक, २०७८

    काठमाडौं । कुमारी बैंकले दुई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
    शेयरको प्रतिकित्ता मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार, नक्साल, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न आग्रह गरेको छ ।
    उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्यक्ति संघसंस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्