News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षारता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०७८
    ५५९ पटक
    १० कार्तिक, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । सोही क्रममा बैंकले आफ्नो ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ ।
    विभिन्न शाखा कार्यालयले देशका विभिन्न स्कुल, कलेज, सामुदायिक संघसंस्थाहरुमा आवद्ध रहेका विभिन्न व्यक्तिहरुलाई वित्तीय साक्षरता दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
    वचतको महत्व सिकाउने, बैंकिङ्ग कारोबारसम्बन्धी जनचेतनामुलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैंकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणालीमार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाह गर्नेलगायतका बैंकिङ्ग सेवासम्बन्धी जनचेतना सिर्जना गर्ने उद्देश्यका साथ विशेषगरी वैंकिङ्ग सुविधा प्राप्त गर्न नसकेका विद्यार्थी तथा जनसमुदायलाई लक्षित गरी यससम्बन्धी कार्यक्रम आयोजना गरिएको हो ।
    देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट आजको दिन लगभग ६५००।– जनाले उक्त कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रमले बैंकको शाखा कार्यालय रहेका क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको विश्वास बैंकले लिएको छ ।
    सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।

    प्रतिकृया दिनुहोस्