News Portal

  • नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेम्डिसिभिर सहयोग

    आर्थीकसंसार संवाददाता१० कार्तिक, २०७८
    ४८५ पटक
    १० कार्तिक, २०७८

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ९० भायल रेम्डिसिभिर औषधी सहयोगस्वरूप प्रदान गरेको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई उक्त औषधी हस्तान्तरण गरेका थिए । बैंकले कोभिड–१९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सराहना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।
    बैंकले सामाजिक उत्तरदायित्वलाई सधैं उच्च प्राथमिकतामा राख्ने गरेको छ । बैंकले आफ्नो बङ्गलादेशस्थित साझेदार बैंक आइसीएफसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६/७७ मा ५००० भायल तथा २०७८/७८ मा पनि ५००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोगस्वरूप प्रदान गरेको थियो । उक्त औषधी बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।
    हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएममार्फत ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित सम्पूर्ण बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्