News Portal

  • मुक्तिनाथ विकास बैंको नयाँ बचत खाता

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०७८
    ४०९ पटक
    ९ कार्तिक, २०७८

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
    ग्राहकले १० हजारको न्यूनतम मौज्दातमै उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ५ं दशमलव ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
    साथै, पहिलो वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्