News Portal

  • नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाण्डूबीच सहकार्य

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०७८
    ९१९ पटक
    ९ कार्तिक, २०७८

    काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डू सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्स.ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाण्डूको तर्फबाट अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस अपरेसन्स र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्सले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
    सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाण्डूसँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, बैंक अफ काठमाण्डूसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ ।
    नेपाल पेमेन्ट सोलुसन प्राली एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस्