News Portal

  • शिखर इन्स्योरेन्सको बीमा दाबीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०७८
    ८९७ पटक
    ९ कार्तिक, २०७८

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘बीमा दाबी व्यवस्थापन सरलीकरण तथा सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वःस्फुर्त रुपमा बीमा साक्षरता समेत वृद्धि हुने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
    दाबी भुक्तानीका लागि बीमा कम्पनीका कर्मचारी र सर्भेयर मिलेर अगाडि बढ्नुपर्नेमा बीमा समितिका उपनिर्देशक भट्टको जोड थियो । बीमा कम्पनीले जति धेरै दाबी भुक्तानी गर्यो त्यति नै राम्रो हुने उनले बताए ।
    कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा बीमा समितिको तर्फबाट भने उपनिर्देशक विरोध भट्टको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्