News Portal

  • लुम्बिनी विकास बैंकद्वारा गत वर्षको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०७८
    ६३८ पटक
    ९ कार्तिक, २०७८

    काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कार्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.७१२ प्रतिशत नगद (करसहित) गरी कूल १३.७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।
    हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपश्चात संस्थाको चुक्ता पुँजी ३ अर्ब नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्