News Portal

  • महालक्ष्मी लाईफको राष्ट्रिय सम्मेलन सम्पन्न

    आर्थीकसंसार संवाददाता८ कार्तिक, २०७८
    ६६१ पटक
    ८ कार्तिक, २०७८

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।
    सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।
    कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पूर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको नेसनल बिजनेस मिट २०७८ राष्ट्रिय सम्मेलन सम्पन्न गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले उद्घाटन गरेको उक्त सम्मेलनमा स्वागत मन्तव्य बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरेका थिए । त्यसैगरी नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यवसायिक समिक्षा गरेका थिए भने अर्का नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई कम्पनीको बीमा योजनाहरुको बारेमा तालिम प्रदान गरेका थिए ।
    सम्मेलनको अन्तमा २०७८/०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेका छ ।
    कम्पनीले बीमा जनचेतना अभिवृद्धिको लागि यो आव भित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्