काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले काठमाडौं गेष्ट हाउस (केजिएच)को सेवामा छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा काठमाडौं गेष्ट हाउसको सेवामा छुट पाउने भएका हुन् । सम्झौताअन्तर्गत संग्रहालयको प्रवेश शुल्कमा बैंकका ग्राहकले ५० प्रतिशत र अन्य सेवा तथा सुविधाहरुमा १५ प्रतिशत छुट पाउनेछन् ।
काठमाडौं गेस्ट हाउस समूहअन्तर्गत ठमेलमा काठमाडौं गेस्ट हाउस, हात्तिसारमा माया मानोर बुटिक होटल, बुढानिलकण्ठमा पार्क भिलेज रिसोर्ट, चितवनमा मारुनी स्यानक्टुअरी लज, पोखरामा हिमालयन फ्रन्ट भ्यू होटल र लुम्बिनीमा रहेको बुद्धमाया गार्डेनमा बैंकका ग्राहकले छुट पाउनेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । काठमाडौं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखि देशको प्रमुख शहरहरुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
बीओकेका ग्राहकलाई केजिएच होटल तथा रिसोर्टमा छुट
आर्थीकसंसार संवाददाता८ कार्तिक, २०७८
८ कार्तिक, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने