News Portal

  • आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट

    सेवाग्राही रेखा र गोकुलले पाए पठाइएको रकमको चार गुणा बढी रकम

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७८
    ७०१ पटक
    ५ कार्तिक, २०७८

    काठमाडौं । आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत आश्विन महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित हुनुभएको हो ।
    पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा बिहीबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । चर्चित स्टोरी टेलर साइग्रेशले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गर्नुभएको थियो ।
    उहाँहरूले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय ८६ र ४१ हजार २ सय २२ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनु भएको थियो । अफरअनुसार आइएमईले उहाँहरू वा निजको सिफारिसमा उहाँहरूका निकटका आफन्तलाई पठाएको रकमको चार गुणा बढी रकम उपहार स्वरूप प्रदान गर्नेछ ।
    यसैगरी तेस्रो र चौथो हप्ताका विजेता पनि सार्वजनिक गरिएको छ । साप्ताहिक विजेताअन्तर्गत सुनिल मगर, छत्रबहादुर जिमी, विकाश खजुम र भानु आचार्य छनोट हुनुभएको छ । उहाँहरूलाई पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्रदान गरिनेछ ।
    आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कूल ५७ दिनका लागि अहिले सञ्चालनमा रहिआएको छ ।
    अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ । साथै आइएमई पेमा रकम प्राप्त गर्दा रु. २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।
    अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।

    आइएमई लिमिटेडका बारेमाः
    आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्