News Portal

  • प्रुडेन्सियल इन्स्योरेन्सको कार्यबाहक सीईओमा श्रवणकुमार रावल

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७८
    ७४१ पटक
    ४ कार्तिक, २०७८

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवणकुमार रावलले पाउने भएका छन् । कार्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यबाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
    बैठकले कार्तिक ७ गतेदेखि लागू हुने गरी रावललाई कार्यबाहक सीईओको जिम्मा दिएको हो ।
    कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले कार्तिक ३ गते राजीनामा दिएका थिए । उनको राजीनामालाई स्वीकृत गर्दै इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कार्यबाहक सीईओमा रावललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्