News Portal

  • सिटिजन्स बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७८
    ११३९ पटक
    ३ कार्तिक, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपा काभ्रे स्थित आगन्तुक रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डबाहक एवं कर्मचारीहरुले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरुमा विशेषश छुट पाउनेछन् ।
    हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी बैंकले गराएको छ ।
    बैंकले हाल १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्