News Portal

  • कुमारी बैंकले डाक्यो वार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७८
    ६७९ पटक
    ३ कार्तिक, २०७८

    काठमाडौं । कुमारी बैंकले आगामी कार्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बोलाएको हो ।
    उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्तिक ७ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।
    उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रतिकृया दिनुहोस्