आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७८
२ कार्तिक, २०७८काठमाडौं । नेपाल बङ्गलादेश बैंकले दुर्घटना बीमा बापतको दावी रकम हस्तान्तरण गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको १ लाख रुपैयाँ ग्राहक स्वर्गीय दिनेश श्रेष्ठको बुबा कालिदास श्रेष्ठलाई प्रदान गरेको हो ।
स्व. दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएकोमा उनको दुर्घटनाका कारण मृत्यु भएको थियो ।
बीमा बापतको १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व. दिनेश श्रेष्ठको बुबा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।