News Portal

  • एलआइसीले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७८
    ९९६ पटक
    २३ असोज, २०७८

    काठमाडौं । एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । बीमा वापतको दाबी रकम मृतकका श्रीमान गिरबहादुर मगरलाई बिमाङ्क बापत ६ लाख, दुर्घटना बापत ६ लाख र सो अवधिको आर्जित बोनससहित जम्मा १२ लाख ३९ हजार ६ सयको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
    करिब तिन महिना अघि धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका–४ निवासी निर्मला तामाङले एलआइसीको धादिङ शाखा बाट ६ लाख बराबरको जीवन बीमामा पोलिसी लिएकी थिइन् । पहिलो किस्ता बापत जम्मा ४९६२० बुझाएकी निर्मला २०७८ असारको १३ गते सामान्य किनमेलको लागि धादिङबेसीबाट बजार गरेर घर फर्कने क्रममा धाइते भएकी थिइन् । सोही क्रममा उनको मृत्यु भयो ।
    एलआइसी धादिङ शाखाका शाखाप्रमुख नरेन्द्र बिष्ट, एजेन्सी मेनेजर दोय बेधनिधि पाठक तथा राजकुमार तिमिल्सिनाको उपस्थितमा मृतकको घरमै पुगेर उक्त चेक हस्तान्तरण गरिएको हो ।
    कार्यक्रममा बोल्दै शाखा प्रमुख नरेन्द्र बिष्टले मृत्यु जहिले दुःखद हुने तर सत्य भएकाले यसबाट हुनसक्ने आर्थिक क्षति न्यूनिकरण गर्न सबैले बिमा गर्नुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्