News Portal

  • सिभिल बैंकको दशैं बिदामा कुन काउन्टर कति बजे खुल्छन् ?

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७८
    ९८४ पटक
    २२ असोज, २०७८

    काठमाडौं । सिभिल बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले असोज २९ गते टिकाको दिनबाहेक दशैंको अन्य दिन विभिन्न काउन्टरहरु खोल्ने भएको हो ।
    बैंकले सातवटै प्रदेशमा विभिन्न शाखाहरु सञ्चालनमा ल्याएको छ । जसमध्ये बैंकले फुलपाती अर्थात असोज २६ गतेदेखि असोज ३० गतेसम्म केही शाखाका काउन्टहरु सीमित अवधिको लागि खोल्ने निर्णय गरेको हो ।
    बैंकले ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै दशैं बिदामा पनि विभिन्न स्थानका काउन्टर खुला रहने जानकारी बैंकले गराएको छ ।
    खुला रहने काउन्टरमध्ये अधिकांश स्थानका काउन्टर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने छ । र, केही केही काउन्टर भने बिहान १० देखि दिउँसो १२ बजे तथा बिहान ९ बजेदेखि दिउँसो ११ बजेसम्म खुल्ने छन् ।

    प्रतिकृया दिनुहोस्