News Portal

  • नेपाल इन्भेष्टमेण्ट बैंक ८८ औं शाखा बाराको सिम्रौनगढमा

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७८
    ८०९ पटक
    २२ असोज, २०७८

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा खोलेर शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए ।
    सिम्रौनगढ शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
    नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।
    पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्